About Us

मुलुकको सर्वपरी हितका लागि सवैतर्फवाट पहल र प्रयत्नहरु गरी समृद्ध समाज निर्माण गर्न युवा, विद्यार्थीहरु संगठित हुनु जरुरी छ । परिर्वतन लागि विभिन्न समयमा भएका संघर्ष  र त्यसबाट प्राप्त उपलिब्धहरुलाई संस्थागत गर्दै दिगो शान्ति, सु -व्यवस्था स्थापना गर्दै,आम युवा– विद्यार्थीहरुलाई सुसंगठित गर्दै भाषा, कला, संस्कार, संस्कृतिको समयसापेक्ष विकास, सम्बद्र्धन र प्रबद्र्धन गर्न क्रियाशिल गराउदै शैक्षिक क्षेत्रमा देखिएका विकृति, वेमेलको वर्तमान अवस्थालाई चिर्दै आम उत्पीडित, पछाडि पारिएका समुदायलाई समय सापेक्ष शिक्षा र राज्यबाट प्राप्त हुने सेवाभोगको वातावरण सिर्जना गर्न, शेर्पा विद्यार्थीहरुलाई एकिकृत गर्दै शिक्षामा व्यापक सहभागिता, परिवर्तन र लोकसुहाउँदो विधि निर्माण गर्न , शिक्षा र तत्सँग सम्बन्धित विषयमा राज्यलाई निति निर्माणमा सघाउ पुर्याउदै , लोक सँस्कृतिको जगेर्ना गर्दै पर्यटन विकास, सामाजिक सदेभाव आत्मसम्मानको भावनाबाट जागृत गराई वेरोजगारी समस्याको न्युनिकरण गर्न लोप हुन लागेको धर्म, संस्कृति, भाषा, लिपिको जगेर्ना गर्न र मातृभाषामा शिक्षा प्राप्तीको व्यवस्था स्थापना गर्न साथै सबैका लागि शिक्षाको अवसर, अधिकार प्राप्त गर्न एक सामाजिक तथा संगठीत संस्थाको माध्यमबाट मात्र हरसम्भव हुने भएको र सो कार्यका लागि विधानको तर्जुमा गरी राष्ट्रियस्तरको एक संगठनको जरुरी छ ।

जसको संगठन र संरचना प्रवासमा छरिएर रहेका शेर्पा विद्यार्थीहरुलाई समेत गोलबद्ध गर्ने गरी सघं स्थापना गर्न बाञ्छनीय भएकोले “नेपाल शेर्पा विद्यार्थी सघं”  नामक संघ दर्ता गर्न संस्था दर्ता ऐन २०३४ को अधिनमा रही यो संस्था स्थापना गरिएको हो ।

यस संस्था बि स २०५० मा नेपाल शेर्पा विद्यार्थी मञ्चको रुपमा स्थापना भएको थियो । देश संघियतामा गए संगै बि स २०७३ सालमा यो संस्था संघमा परिणत गरिएको हो ।

Tshering Sherpa (President)

+977-9823367283

गोकर्णेश्वर 44600

Narayantar, Kathmandu

©2022 Nepal Sherpa Student Association