Tshering Sherpa is the elected president of Nepal Sherpa Student Association. He was elected as a president on 10th chaitra,2080 from 14 th National Convention of Association at Sherpa Sewa Kendra .He was previously central member, central secretary, central vice president, central acting president.He belongs to Sindhupalchowk district,panchpokhari thangpal rural municipality ward no.2,baruwa, ripar village . He is popularly known as Tshering Dai .

एक शेर्पा परिवार, एक सरकारी जागिर

Tshering Sherpa is the elected president of Nepal Sherpa Student Association. He was elected as a president on 10th chaitra,2080 from 14 th National Convention of Association at Sherpa Sewa Kendra .He was previously central member, central secretary, central vice president, central acting president.He belongs to Sindhupalchowk district,panchpokhari thangpal rural municipality ward no.2,baruwa, ripar village . He is popularly known as Tshering Dai .

नेपाली समाज विभिन्न धर्म, जाति र संस्कृतिको साझा फुलबारी हो । यस फुलबारीबाट मिश्रित बासना लिन सकिन्छ । यिनै बगैंचामा फुलिरहेका फुल मध्ये इमान्दारीता, मिहेनती र लगनसिलताको आभुषणले सझिएको एक सन्दर फुल हो शेर्पा जाति, जसले नेपालको सुन्दरताको बासना विश्वभर छर्न सफल भएको छ । आदिमकालदेखि सगरमाथाको काखमा बसोबास गर्दै आइरहेको शेर्पा जातिले नेपाललाई विश्वमानचित्रमा परिचित गराउन अतुलनिय योगदान पुर्याउदै आइरहेको कुरा कसैले नकार्न सकिदैन । आज पनि शेर्पाहरु रेमिट्यान्सले धानेको यो मुलुकलाई पर्यटन निर्भर बनाउन आफ्नो ज्यानको बाजी थापेर निरन्तर संघर्षरत छन् तर विडम्बना राज्यसत्ता आजसम्म पनि हिमाली आदिवासी शेर्पा समुदायको र हिमाली क्षेत्र विकास र निति निर्माणमा चुकिरहेको छ ।

केहि दशक पछाडि जाऔं, सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पाले न्यूजिल्याण्डका पर्वतारोहि एडमण्ड हिलारीसँग विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे जुनलाई पकृतिमाथि मानवजातिको विजयको रुपमा हेरिएको थियो । त्यससँगै तेन्जिङ नोर्गे शेर्पालाई  राष्ट्रिय हिरोको रुपमा सम्मान गर्न तत्कालिन नेपाल सरकारले कुनै कञ्जुस्याई गरेन । सगरमाथाको आधार शिविरबाट काठमाण्डौ फर्कदा चोक र गल्लिहरुमा तेन्जिङ शेर्पा जिन्दावादको नारा उर्लियो, जनकवि कशरी धर्मराज थापाले हाम्रो तेन्जिङ शेर्पाले चड्यो हिमाल चुचुरो बोलिको गित गाएर तेन्जिङको सफलतालाई हरेक नेपालीको घरघरमा पुर्यायाए । उनले आफ्नो गीत मार्फत तेन्जिङ नोर्गे शेर्पा नेपाल आमाको सच्चा सपुत भएको बताए तर त्यो ऐतिहासिक सफलता पछि भारतले उनलाई आफ्नो भन्यो र तत्कालिन राज्यसत्ताले तेन्जिङ नोर्गे शेर्पालाई फर्काउन सकेन । आज तेन्जिङ नोर्गे शेर्पाको इतिहास खोज्न पर्यटकहरु भारत सरकारले निर्माण गरेको दार्जिलिङमा अवस्थित हिमालयन माउन्टेनेरिङ इन्ष्टिच्युट् पुग्ने गर्दछन् । भारतले तेन्जिङ नोर्गे शेर्पालाई निकै सुविधा दिए । सन् १९५३ मा नेपाल ताराबाट विभूषित तेन्जिङ नोर्गे शेर्पालाई नेहरुले आफ्नो भन्दै १९५९ मा भारतको तेस्रो ठूलो नागरिक सम्मान पद्यमा भूषणबाट विभूषित गरे । विगतमा फर्केर हेर्दा राज्यले अनमोल सम्पत्तिको पहिचान र संरक्षण गर्न चुकेको कारण नेपालले एक कोहिनुरको अनमोल हिरा स्वर्गीय तेन्जिङ नोर्गे शेर्पा गुमाएको छ । आजको समयमा सरकारले फेरी त्यस्ता कोहिनुरको हिरा गुमाउने अवस्थामा छ, उदाहरणको लागि ३०औं पटक  सगरमाथा आरोहरण गरेका प्रसिद्ध विश्व किर्तिमानी आरोही कामिरिता शेर्पा, विश्वको सर्वोच्च १४ वटा हिमालको Double किर्तिमान कायम गरेका साहासी सानु शेर्पा, पहिलो पटक सबै भन्दा धेरै पटक सगरमाथा आरोहण गरेका “सुपर शेर्पा” आप्पा शेर्पा, पहिलो पटक लगातार विना अक्सिजन १०औं पटक सगरमाथा आरोहण गरेका स्वर्गीय आङरिता शेर्पा (हिम चितुवा), ८ हजार मिटर माथिका चौध पिक पहिलो आरोहण गर्ने दक्षिण एसियकै पहिलो मिङमा शेर्पा ।

विश्व प्रसिद्ध आरोहीहरुको संरक्षण गर्न र उनिहरुलाई अमूल्य निधिको रुपमा स्वीकार्न वर्तमान सरकार चुकिरहेको छ । इतिहास रच्ने आरोहीहरु विदेश पलायन हुने क्रम जारीनै छ । किर्तिमानी आप्पा शेर्पा, सबै भन्दा बढी सगरमाथा चुम्ने महिलाको प्रमाण पत्र बोकेकी ल्हाक्पा शेर्पा, आधारशिविर देखि सगरमाथाको टुप्पोमा सबै भन्दा छोटो अवधिमा पुगी इतिहास रचेका लाक्पा गेलु शेर्पा, सगरमाथा चढ्ने पहिलो नेपाली पत्रकार आङछिरिङ शेर्पा लगायतका प्रसिद्ध आरोहिहरु हाल अमेरिकामा बस्छन् । राज्यको रुखो व्यवहार, किर्तिमानधारी आरोहीलाई राज्यले सुविधा नदिनु, आँटिलो काम गरेर देशको नाम संसारमा चिनाउनेलाई पहिचान गर्न नसक्नु सरकारसँग उद्धारनिति र उचित संयन्त्र नहुनु, हिमाली क्षेत्रको शैक्षिक विकासमा राज्यले लगानी नगर्नु इत्यादि नै यसका प्रमुख कारक भन्न सकिन्छ । यसमा राज्यको गम्भिर ध्यानआकर्षण हुन जरुरी छ । आझै पनि सरकार टुलुटुलु हेरेरै बस्ने हो भने थुप्रै किर्तिमानी शेर्पा मैलाहरुले गाउँ र देश छोड्ने निश्चित देखिन्छ, जसको जिम्मेवारी सरकार स्वयंले लिनु पर्नेछ र मूल्य समेत सरकारले नै चुकाउनु पर्नेछ ।

शेर्पा समुदायको वर्तमान

हिमाल आरोहण, ट्रेकिङ र पर्यटन व्यवसायमा शेर्पाहरु अग्रपंत्तिमै छन् । यस बाहेक अन्य थुप्रै क्षेत्रबाट शेर्पा समुदायले नेपाली समाज र विश्व समाजमा ठूलो योगदान पु¥याउदै आइरहेको छ । आजको दिनमा शेर्पाहरु श्यारखुम्बुदेखि सदनसम्म, लेखापढि देखि लप्टनसम्म, सञ्चारकर्मीदेखि सिंहदरबारसम्म, पत्रकारीतादेखि प्रतिनिधिसभासम्म, नायब सुब्बादेखि नासासम्म, खरिदारदेखि उप–सचिवसम्म, सिपाहीदेखि प्रहरी नायब उपरिक्षकसम्म, व्यापार व्यवसायदेखि उद्योगपतिसम्म, शिक्षकदेखि वकिलसम्म, राजनितिज्ञदेखि कुटनितिज्ञसम्म, कलाकारदेखि कानुन व्यावसायीसम्म, इन्जिनियरदेखि निर्माण व्यवसायसम्म, राष्ट्रिय खेलकुददेखि अन्तराष्ट्रिय खेलाडीसम्म, सहकारीदेखि बैंकसम्म, वडा सदस्यदेखि मन्त्रीसम्म लगायत विभिन्न क्षेत्रहरुमा अब्बल रुपमा अघि बढिरहेको देख्न सकिन्छ । यद्यपी पर्यटन व्यवसाय बाहेकका कुनै पनि क्षेत्रमा सम्मानजनक उपस्थिति भने देखिएको छैन, जुन सोचनिय विषय हो । यस बिषयमा सम्पूर्ण शेर्पा समुदायको अभिभावक संस्था नेपाल शेर्पा संघ, शेर्पा समुदायको उत्थानको लागि स्थापित विभिन्न संघ संस्थाहरु, किदुगहरु, राजनितिज्ञहरु, कुटनितिज्ञ र बुद्धिजिवी अगुवाहरुको गम्भिर ध्यानाकर्षण हुन अत्यन्तै जरुरी छ ।

निजामती सेवा र राष्ट्र सेवामा शेर्पा

निजामति सेवा र राष्ट्र सेवामा पछिल्लो समयमा शेर्पा समुदायको आकर्षण कछुवा गतिमा बढ्दै गइरहेको छ । नेपाल शेर्पा विद्यार्थी संघ “उच्च शिक्षामा अग्रसरता, निजामति क्षेत्रमा व्यापक सहभागिता” भन्ने मूल नाराको साथमा अघि बढिरहेको छ । संघले देशैभरिबाट निजामति क्षेत्र र सरकारी सेवामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुको तथ्याङ्क संकलन गर्ने, निजामति र राष्ट्र सेवक कर्मचारी फोरम निर्माण गरी एक आपसमा परिचय र हातेमालो गराई देशव्यापी रुपमा लोकसेवा सचेतना र जागरणको लहर ल्याउने उद्देश्य राखेको छ ।

संघमा प्राप्त भएको जानकारी अनुसार निजामति क्षेत्रमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा नायब सुब्बाको रुपमा संखुवासभा जिल्ला चिचिला गाउँपालिका–३, निवासी फुडोमा शेर्पा कार्यरत छिन् । अधिकृत तहमा राष्ट्रिय मेलमिलाप आयोगमा साँखुका पुर्व सहायक सि.डि.ओ. समेत रहेका टुक्ति शेर्पा, संघीय सांसद सचिवालय सभामुखको कार्यालयमा अधिकृत बिनुका शेर्पा, अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा अधिकृत टासी शेर्पा, कोशी प्रदेश लेखा  इकाईमा अधिकृत  पेम्बा शेर्पा, विराटनगर जिल्ला अदालतमा अधिकृत जाङ्मु शेर्पा, प्रधानमन्त्री कार्यलाय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रमा उपसचिव मुक्त बास्कोटा शेर्पा लगायतको उपस्थिति देख्न सकिन्छ । त्यसै गरी नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब उपरिक्षक (DSP) भोजपुर जिल्लाका मिङमा शेर्पा,  सशस्त्र प्रहरी नायब उपरिक्षक (DSP) दोलाख जिल्लाका फुर्गेली शेर्पा, विर अस्पताल मुटुरोग विभागमा हृदय रोग विशेषज्ञ डाक्टार कुन्जाङ शेर्पा (सोलुखुम्बु), नेपाल बैंक लिमिटेड बागमति प्रदेश इन्चार्जमा पासाङ दोर्जी शेर्पा, राष्ट्रिय बाणिज्य बैंक केन्द्रिय कार्यालयमा अधिकृत लाक्पा दिकी शेर्पा (इलाम), पशुपति चौलागाई स्मृति प्रदेश अस्पतालको सामाजिक सेवा इकाई प्रमुख सि.अ.न.मी. आङलोकु शेर्पा (दोलाखा),विराटनगर एयरपोर्ट इन्चार्ज अधिकृत रिन्जी शेर्पा, जनस्वास्थ्य निरीक्षक अधिकृत   ङिमा शेर्पा (ओखलढुंगा), साइबर व्यूरो भोटाहिटीमा कार्यरत ASI कुन्जाङ छोपेल शेर्पा (सोलुखुम्बु) लगायतका कर्मचारीहरुलाई प्रेरणाको श्रोत मानेर शेर्पा विद्यार्थीहरु निजामति सेवा, लोकसेवा र राष्ट्रसेवामा अघि बढ्नु पर्छ ।

sherwiloptukconclave2081bynepalsherpastudentassociation
Sherwi Loptuk Conclave-2081 (SEE Appreciation, Career Counselling, Sherpa Gallery Expo, Empowerment )

हामी शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा विना अक्सिजन आरोहण गर्न सक्ने क्षमता बोकेको जाति हौं । हाम्रो लागि असम्भव केहि पनि छैन । विश्वको सर्वोच्च शिखर सगरमाथा (च्योमोलोङ्मा) ८८४८.८६ मिटरको चुचुरो विना अक्सिजन चुम्न सक्ने हामी शेर्पा जातिले अव राज्यको तीनै प्रमुख अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको शिखर पनि चुम्नु पर्छ । जसरी हामी श्यब्रु नृत्य गर्दा दायाँबाँया एक अर्काको हातमा हात जाडेर नृत्य गर्छौ तेसै गरी पुर्वदेखि पश्चिमसम्म र तराई देखि हिमालसम्मको शेर्पा एक हुनु पर्दछ । जसरी बसोबासको हिसाबले हामी सबै भन्दा माथिल्लो क्षेत्रमा बस्छौ त्यसै गरी राज्यको मूलधारमा पनि हामी माथिल्लो नेतृत्व तहमा स्थापित हुनु पर्दछ । जसरी हाम्रो बसोबास तराईको तिरदेखि हिमालको शिरसम्म छ त्यसैगरी राज्यको मूलधारमा र राज्यको सम्पूर्ण अंगहरुमा तिरदेखि शिरसम्म प्रतिनिधित्व गर्नु पर्दछ, अनि मात्र बल्ल हाम्रो मागहरुको सुनुवाई हुनेछ, हाम्रो हिमाली क्षेत्र अनुकुल नितिनियमहरु निर्माण हुनेछ र हिमाली आदिवासी शेर्पाहरुको विकास हुनेछ । यसलाई सफल बनाउन वर्तमान अवस्थामा “एक शेर्पा परिवार, एक सरकारी जागिर” को अवधारणा स्थापित गरी सम्पूर्ण शेर्पाहरुले यसलाई आत्मासाथ गर्दै अघि बढ्नु पर्ने अत्यन्तै जरुरी देखिन्छ । थुग्जिछे ।

 

छिरिङ शेर्पा

अध्यक्ष

नेपाल शेर्पा विद्यार्थी संघ

पाँचपोखरी थाङपाल गा.पा.–२, बरुवा, रिपार, सिन्धुपाल्चोक

सम्पर्कः ९८२३३६७२८३

E-mail: [email protected]

Facebook    Instagram

©2022 Nepal Sherpa Student Association